यी प्रदेशहरुमा आज भारी वर्षाको सम्भावना  

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ ।

त्यसले गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनर/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।