भाइको हत्या अभियोगमा आफ्नै दाजु पक्राउ

काठमाडौँ । झापा प्रहरीले भाइको आरोपमा आफ्नै दाईलाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका - ८ बस्ने ४५ वर्षीय नारायण सिटौलालाई नियन्त्रणमा लिएको हो ।

नारायण सिटौलाका ४१ वर्षीय भाई रामप्रसाद सिटौला आफ्नै घरको बलेसीमा मृत अवस्थामा रहेको प्रहरीले सूचना पाएको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेमा उक्त जानकारी गराएका थिए।

प्रहरी निरीक्षक सुशील थापा मगरको कमाण्डमा प्रहरी टोली खटी अनुसन्धान गर्ने क्रममा टाउको र अनुहारमा चोट देखिएको थियो।

प्रहरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।