सरकारविरुद्ध संघर्ष गर्ने झलनाथ खनालको चेतावनी

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन्।