तोलाको १ लाख ५० हजार ८ सय पुग्यो सुन

काठमाडौँ ।  नेपाली बजारमा  सुनको मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । आज सुन तोलामा  २१ सयले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। 

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।