यस्तो छ आज विदेशी विनिमय दर ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ रहेकामा आज भने खरिद १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ छ ।  त्यसैगरी आज युरो १ को खरिद दर १४६.४१ रुपियाँ र बिक्री दर १४७.०६ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने सो मुद्राको खरिद १४६.३२ रुपियाँ र बिक्री १४६.९८ रुपियाँ तोकिएको थियो । 

सोमबार पाउन्ड १ को खरिद मूल्य १७१.०८ रुपियाँ  बिक्री दर १७१.८४ रुपियाँ थियो भने मंगलबारका लागि खरिद १७१.०९ रुपियाँ र बिक्री १७१.८६ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।