अब बैंकहरुले आफैं ब्याजदर तय गर्ने

काठमाण्डौँ - नेपाल बैंकर्स संघले निक्षेपको ब्यादर बैकले नै तोक्न मिल्ने बनाएको छ । 

 बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गरेको हो । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

१ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने भएका छन् ।