आजको मौसम : मध्य तथा पश्चिम तराईमा उच्च गर्मी, पानी पर्ने सम्भावना कति ? 

काठमाडौँ - देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा आउँदो चौबीस घण्टा अत्याधिक गर्मी हुने सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहँदा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत रहने भएको हो । 

गर्मीबाट हुनसक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ । कोसी तथा वाग्मती प्रदेशका केही स्थानमा साथै मधेस र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।