बिहीबारदेखि नेपालमा मनसुन भित्रिने 

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागले यस वर्ष एकदुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने बताएको छ । जुन १३ गते नेपालमा मनसुन भित्रिने गर्छ । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश र भुटानसम्म आइपुगेको पुगेको छ ।

विभागको पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानले कोसी प्रदेशमा मनसुन भित्रिन अझै केही दिन लाग्न बताए । मौसमविद्का अनुसार आइतबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताए । 

बुधबार कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।