टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा

 काठमाण्डौँ - भारत आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ ।

गएराति आयोजक अमेरिकालाई पराजित गर्दै भारतले समूह चरणको अन्तिम खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

समूह चरणमा लगातार तेस्रो खेल जित्ने क्रमम बुधबार राति भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।