शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख ३१, काठमाण्डौँ । आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक अर्थात ३० करोड ८० लाख रुपैयाँबराबरको कारोबार भयो । आज सिईडिबि हाईड्रोको २८ करोड २३ लाख,कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख र पोखरा फाइनान्सको ६ करोड ८५ लाख बढीको सेयर कारोबार भयो ।    

आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नारायणी डेभलपमन्ट बैंक,समाज लघुवित्त,मान्डु हाईड्रो, श्रृजनशिल लघुवित्त,हिमालयन उर्जा र गुराँस लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.६५ प्रतिशतले घट्यो । यो दिन आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ३.३५ र रिभर फल्सको सेयरमूल्य २.५४ प्रतिशतले ओरालो लागेको छ ।