'अहिलेको समीकरण फेरिन सक्छ' : माधव नेपाल

काठमाडौँ - सत्तारूढ नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धन फेरिन सक्ने बताएको छ । पार्टीको आजको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका छन् ।

उनले यो समीकरण वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् । 
उनले वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माण गर्न एउटा बलियो कम्युनिष्ट शक्तिको आश्यकता रहेको बताएका छन् । माओवादी केन्द्र, जसपा लगायत दलहरूको व्यहारका कारण कम्युनिष्ट एकताको सम्भावना नदेखिएको अध्यक्ष नेपालको भनाइ छ ।