सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा, के हुँदैछ सहमती ? 

 काठमाडौँ - संसदको अवरोध खुलाउने विषय पेचिलो बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफलमा जुटेका छन् ।

आइतबार चितवन गएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फके लगतै ओली र लामिछानेसँग छलफलमा जुटेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले उनीहरूबीच छलफल जारी रहेको स्रोतले जनाएको छ । विशेष गरी संसदको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बताएको छ ।