कांग्रेसको संसदीय दल र कार्यसमितिको बैठक बस्दै

 काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै छ । कांग्रेसले दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

कार्यसमितिको बैठक लगत्तै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने कांग्रेसले जनाएको छ ।