लगातार ३ दिन बढ्यो नेप्से, कारोवार रकम कति ? 

 काठमाण्डौँ - साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात २४.३९ अंकले बढेर १ हजार ९९८.८९ विन्दुमा पुगेको छ । यससँगै नेप्से लगातार तीन दिन बढेको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

 नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा भने रातो पोतियो । आज बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । आज बैंकिङ समूह ३.२१ प्रतिशतले बढ्यो ।  त्यस्तै आज विकास बैंक समूह ०.३० प्रतिशत,हाईडो ०.५७,लगानी २.०४,जीवन बीमा ०.५१ ,लघुवित्त ०.७१,म्युचुअल फण्ड ०.२४ र अन्य समूह ०.८८ प्रतिशतले बढ्यो ।  आज वित्त समूह ०.१९ प्रतिशत होटल ०.४४, उत्पादन तथा प्रशोधन ०.१० र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घट्यो ।