एसीसी प्रिमियर कप : आज नेपालले कतारको सामना गर्दै

काठमाडौँ - एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दैछ ।

ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः१५ बजेदेखि सुरु हुने छ ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो ।

त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो । नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।