'न्यायालयले पर्याप्त सोच विचारविना फैसला गर्न हुँदैन' : अध्यक्ष ओली

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयले पर्याप्त सोच विचारविना फैसला गर्न नहुने बताएका छन् । 

बुढानिलकण्ठ नगर अस्पतालको शनिबार उद्घाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कायक्रम उनले न्यायको पुस्तक पल्टाएर पर्याप्त सोचविचारविना नै न्याय गरेको जस्तो अनुभव भएको भन्दै जनताको विश्वास हट्नेगरी न्याय निरुपण नगर्न आग्रह गरे ।