आज सुनचाँदीको कारोबार  कतिमा हुँदैछ ? 

काठमाडौँ - २०७९ सालको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ ।