आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्दै

काठमाण्डौँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंङग्स खेल्दैछन् । पञ्जाबको घरेलु मैदान मुल्लान्पुरमा यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पाँच खेलमा चार वटा जितेको राजस्थान ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दुई वटा मात्र जितेको पञ्जाब ४ अङ्कका साथ आठौँ स्थानमा छ ।

राजस्थान आईपीएल क्रिकेटको पहिलो सिजनको विजेता र सन् २०२२ को उपविजेता टोली हो । पञ्जाब सन् २०१४ को उपविजेता टोली हो । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो ।

लखनउ ५ खेलमा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै ६ खेलमा ४ अङ्कसहित दिल्ली पुछारबाट दोस्रो स्थानमा रहेको छ । ६ खेलमा २ अङ्क मात्रै रहेको रोयल च्यालेन्र्जस् बेंगलुरु आरसीबी पुछारमा छ ।