आजको शेयर बजार राताम्मे : नेप्से २४.६८ अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अङ्कले घटेर ३६८.४९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ । यसको आज ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।