सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोेबार ?

काठमाण्डौँ - नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८९ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ८ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ७६ रुपैयाँ कायम भएको छ ।