विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? डलर भाउसहित युरो र पाउण्डको भाउ घट्यो !

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ सहित युरो र पाउण्डको भाउ पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यो मूल्उ अघिल्लोदिनको तुलनामा ०५ पैसाले घटेको हो । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो । 

मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले घटेको हो । सोमबार यसको खरिददर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २१ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ १९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ । सोमबार भने यसको खरिददर १६७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रूपैयाँ १५ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४० पैसा र बिक्रीदर ८६ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।