राजु रिजालको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टोली घोषणा

काठमाडौँ । राजु रिजालको कप्तानी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीका अनुसार रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरन कुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दीपक चन्द र भोज राज भट्ट रहेका छन् ।

वैकल्पिक खेलाडीका रूपमा अभिशेक पाल, वसन्त खत्री, युवराज खत्री र सन्जय बोहरा छनोट भएका छन् । प्रतियोगितामा सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग हुनेछ ।