३४औँ अफ्रिकन कप फुटबल प्रतियोगिता आजदेखि सुरु 

काठमाडौँ । आइभरी कोष्टले आयोजना गर्ने ३४औँ अफ्रिकन कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । आज हुने उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी–बिसाउ खेल्ने छ । नेपाली समयअनुसार राति १ः४५ सुरु  हुने प्रतियोगितामा  अफ्रिकाका २४ देशले भाग लिदैछन् ।

प्रतियोगिताको समुह ‘ए’ मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र  गिनी–बिसाउ रहेका छन् । यस्तै, समुह ‘बी’ मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन् । त्यस्तै समुह ‘सी’ मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समुह ‘डी’ मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन् ।

त्यसैगरी समुह ‘ई’ मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया छन् भने समुह ‘एफ’मा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन् । प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता अन्तिम १६ मा पुग्ने छन् । तेस्रो स्थानमा रहेका शीर्ष चार देशले अन्तिम १६ मा स्थान बनाउने छन् ।