सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आजदेखि सुरु 

काठमाडौँ - घरेलु क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप  आज शनिबारदेखि सुरु हुँदै छ । खेल काठमाडौंका त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका साथै भैरहवामा पनि हुनेछन् ।

५० ओभरको हुने खेल यसपटक प्रतियोगिताको फर्म्याट नयाँ छ । पहिलो पटक राउन्ड रोबिनमा हुन लागेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले खेल्ने छन् । खेल माघ २० गतेसम्म चल्ने छ ।