एनसेलविरुद्ध अमरेशले हालेको रिटमा आज सुनुवाइ

काठमाडौँ - दूरसञ्चार प्रदायक कम्पनी एनसेलविरुद्ध स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा आज  सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दुई दिन ‘हेर्न नभ्याइने’ मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । दुवै दिन ‘हेर्न नभ्याइने’ मा परेपछि रिटको पेशी आजलाई सरेको हो । सांसद सिंहले एनसलेको ८० प्रतिशत शेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गरेका छन् ।