किन घट्यो एलपी ग्यासको आयात  ? 

काठमाडौँ - नेपालमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको आयात घटिरहेको छ । सरकारले इन्डक्सन चुलोको प्रयोगलाई प्राथमिकता दिएसँगै ग्यासको आयातमा कमि आएको व्यवसायीहरू बताउँछन् । 

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तीन महिनामा साउनदेखि असोजसम्ममा ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको १३ करोड २५ लाख ७७ हजार ६८६ केजी एलपी ग्यास आयात भएको छ । जुन गत आव २०७९र८० को सोही अवधिको तुलनामा २२।१९ प्रतिशत अर्थात ३ अर्ब ३१ करोड ६४ लाख ६६ हजार रुपैयाँभन्दा कम हो । 

गत आवको असोज मसान्तसम्ममा १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँ बराबरको १२ करोड ३६ लाख ५ हजार ६१६ केजी खाना पकाउने एलपी ग्यास आयात भएको तथ्याङ्क छ । 

गत बर्षको तीन महिनामा ग्यास आयातबाट २ अर्ब ७८ करोड ७० लाख ४४ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको थियो । यस्तै, आवको २०७८र७९ को असोज मसान्तसम्ममा १२ अर्ब १८ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १२ करोड ३८ लाख ४० हजार ७९८ केजी ग्यास आयात भएको थियो । 

किन घट्यो आयात ? 

नेपाल एलपी ग्यास एशोसिएसनका महासचिव जितबहादुर कार्कीले बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यास आयातमा कमी आएको जानकारी दिए । आर्थिक मन्दीका कारण पछिल्लो समय ग्यास विकल्पको रूपमा प्रयोग हुन थालेको उनको बुझाइ छ । 

सरकारले बजेटमा नै व्यवस्था गरेर विद्युतीय चुलोलाई प्राथमिकता दिइरहेको छ ।