प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ? 

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दै छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।