एसीसी यू १९ प्रिमियर कप : नेपालले इरानलाई २७४ रनले हरायो

काठमाडौँ - एसीसी यू १९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई २७४ रनले पराजित गरेको छ । नेपालले दिएको ३५४ रनको लक्ष्य पच्छ्याएको इरान ७९ रनमै अलआउट भयो ।

मलेसियामा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपालका लागि कप्तान देव खनालले तुफानी शतक बनाए । उनले ६० बलमा १२ चौका र ४ छक्का हान्दै १०० रन बनाए । दिपक बोहराने ५९ बलमा ६५ रन बनाए ।

यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बनाए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए । इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका छन् । नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन(तीन विकेट लिए । यस्तै हेमन्त धामीले २ र आकाश चन्दले २ विकेट लिए ।