विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध भारतको शानदार जित

काठमाडौँ - आइसीसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अफगानिस्तानविरुद्ध भारतले कीर्तिमानी जित हात पारेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले हराउँदा कप्तान रोहित शर्माले आफ्नो नाममा कीर्तिमान बनाएका हुन् । 

यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो  अफगानिस्तान भने बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो। भारतले अब आफ्नो तेस्रो खेल शनिबार पाकिस्तानसित खेल्नेछ ।