टिकटकमा भाइरल डेल्धुराकी विमला झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । गन्यापधुरा गाउँपालिका- ३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।

विमला टिकटकर समेत हुन् । टिकटकमा उनका २ लाख २४ हजार फलोअर छन् । हिजो झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए ।

विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु भने विदेशमा छन् ।