उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेको एमाले टोली सम्पूर्ण कार्यक्रम रद्द गरेर स्वदेश फर्कदै

काठमाडौं - नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेको एमाले टोली आजै स्वदेश फर्किने भएको छ ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा भ्रमणमा रहेको टोली विभिन्न राजनीतिक भेटघाटमा व्यस्त थियो ।

उपाध्यक्ष नेम्वाङको दुःखद निधन खबरले भ्रमण टोली स्तब्ध भएको र सम्पूर्ण कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्किन लागको पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।

चीन भ्रमणमा रहेका महासचिव पोखरेलको टोली आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर भएर स्वदेश फर्कने छ ।