मनसुन फेरि सक्रिय, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा  हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। 

राति सुदूरपश्चिममा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ।  सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  हावाहुरी सहित भारी वर्षाको  सम्भावना छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 हाल देशभर मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।