सिटभन्दा बढी यात्रु नराख्न दसैँलक्षित सर्वोच्चद्धारा अल्पकालीन आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले बडादसैँलाई लक्षित गरी सिटभन्दा बढी यात्रु नराख्न अल्पकालिन आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुुसलमानको इजलासले गएको मंगलबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशमा लामो दूरीमा अनिवार्य दुई सवारीचालक राख्न भनिएको छ ।

टंकप्रसाद भट्टराईसहित १० जनाले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यात्रुको इच्छाविपरीत लाउड स्पीकर म्युजिक नबुझाउन पनि आदेश जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।

न्यायाधीश मुसलमानको इजलासबाट यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न पाँच विषयमा अन्तरिम आदेश जारी भएको छ ।