एमालेको सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौँ - नेकपा एमालेले पार्टीको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

गएराति पार्टी उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।
कार्यवाहक महासचिव ज्ञवालीले फेसबुकमा लेख्दै भनेका छन्ः

हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १स्४० बजे त्रि।वि। शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ बजेपछि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने छ ।
शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
प्रदीप ज्ञवाली
कार्यबाहक महासचिव, नेकपा एमाले