क्रिप्टो र अनलाइन जुवा खेलेको आरोपमा जावलाखेलबाट ५० जना पक्राउ  

काठमाडौँ । अनलाइन जुवा खेल्ने र खेलाउने ५० जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरबाट पक्राउ गरेको छ ।

गएराति छापा मारेर सीआईबीले जावलाखेलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपाली छन् ।

कलसेन्टरमा क्रिप्टो र अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।