सुनको मूल्य बढ्दा चाँदी घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ६ सय रूपैयाँले बढेर १ लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबारको तुलनामा तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।