कति पुग्यो बिदेशी मुद्राको विनिमय दर ? 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ भने जापानी येन र साउदी रियालको मूल्य बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३४. ०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

अघिल्लो दिन जापानी येन १० खरिद दर ९.१२ रुपियाँ र बिक्री दर ९.१६ रुपियाँ रहेकामा सोमबार खरिद ९.१४ रुपियाँ र बिक्री ९.१८ रुपियाँ निर्धारण गरिएको छ । त्यस्तै आज साउदी रियाल १ को खरिद मूल्य ३५.७४ रुपियाँ र बिक्री मूल्य ३५.९० रुपियाँ कायम गरिएको छ, जुन हिजो खरिद ३५.७१ रुपियाँ र बिक्री ३५.८७ रुपियाँ थियो ।