असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाईने 

काठमाण्डौँ- आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ ।

वर्षायाममा धारा, ढल,  बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको कार्यालयले जानकारी दिएको छ ।