नामिबियालाई हराउँदै अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौँ । अस्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टी–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ ।

वेस्ट इन्डिजको सरभिभियन रिचर्डस् रंगशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो ।

समूह ‘बी’मा रहेको अस्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो । अस्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो ।

विश्वकपमा सहभागी प्रत्येक समूहका शीर्ष दुई स्थानमा पुग्ने टोली सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।