मनसुन प्रणाली भुटानसम्म आइपुग्यो, नेपाल आउन कति दिन लाग्छ ? 

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी,बंगलादेश र भुटानसम्म आइपुगेको जनाएको छ । महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रनका लागि अझै केही दिन लाग्नेछ ।

ुनेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश र भुटान सम्म आईपुगेको छ । नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने देखिएको छ,ु महाखाशाले जारी गरेको बुलेटिनमा उल्लेख  छ ।