अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

यता, युरोपियन युरोको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।