पूर्व–पश्चिम रेलमार्ग ९० प्रतिशत निर्माणको काम सम्पन्न

काठमाडौँ - राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । 

यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्रयाक निर्माणको काम भइरहेको छ । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्रयाकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने छ । 

हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन् । किसानले जग्गाको मूल्यांकन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो । यस योजनाको आर्थिक वर्ष २०७४९७५ मा ठेक्का लागेको थियो ।