खाद्यान्नको होलसेल मूल्य घट्यो, खुद्रा बजार कति महँगो ?


 काठमाडौँ - बजारमा होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् ।

 बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब र स्रोतमै वस्तुको मूल्य घटेका कारण खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ताहरु बताउँछन् ।

दैनिक प्रयोगको चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्य वस्तुको मूल्य होलसेलमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट बञ्चित भएको हुनसक्ने होलसेल व्यवसायीहरु बताउँछन् । 

होलसेल खाद्यान्न व्यापार गर्ने व्यवसायीहरुकाअनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य होलसेलमा सस्तो भएको छ ।