'जीबी राईलाई सरकारले भगायो भन्नु गलत' : प्रधानमन्त्री दाहाल 

चितवन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा फरार जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा भएको बताएका छन् ।

आज दिउँसो चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कुतर्क कसैले पनि नगरौं । जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ । पासपोर्टको इस्युले गर्दा समस्या भएको हो । त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भन्नु बेतुकको तर्क हो ।’