आज कुन विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरो र पाउन्ड बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३१ रुपियाँ र बिक्री दर १३३.९१ रुपियाँ छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सोही दर कायम थियो ।  

त्यसैगरी यस दिन युरोपियन युरो १ को खरिद मूल्य १४३.६५ रुपियाँ र बिक्री मूल्य १४४.३० रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन भने खरिद १४३.०४ र बिक्री १४३.६९ रुपियाँ थियो ।

त्यसैगरी साताको पहिलो कारोबार दिन आज बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपियाँ र बिक्री दर १६७.७५ रुपियाँ छ । शुक्रबार भने खरिद १६६.०८ रुपियाँ र बिक्री १६६.८३ रुपियाँ थियो ।