उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

 काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । 

 हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुँदैछ ।