संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सरकारको सिफारिस  

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।