निजामती सेवाका अधिकांस कर्मचारीसँग विदेशको पीआर, संसदीय समितिमा पर्यो उजुरी !

काठमाडौँ - निजामती सेवाका धेरै कर्मचारीले विदेशको पीआर लिएको दावीका साथ एकजना सहसचिवले कानूनी कारवाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढसय कर्मचारीको नाम नामेसी खुलासा गर्ने अठोट पनि गरिएको समाचार स्रोतले जानकारी दिएको छ ।

‘परिवार विदेशमा राख्ने, देशको सूचना बाहिर पठाउने, समाजमा अवैध सम्बन्ध स्थापित गर्ने, विदेश तालिम भ्रमणको निहुँमा परिवार भेट्न जाने, लुटेको धन हुण्डिमार्फत विदेशमा थुपार्ने, यहाँ नाम मात्रको सम्पत्ति विवरण बुझाउने जस्ता क्रियाकलाप गर्ने झण्डै डेढसय कर्मचारी छन्’ भन्दै केही उच्चपदस्थ कर्मचारीको नाम पनि उजुरीमा उल्लेख गरिएको छ ।