प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको हो ।  विपक्षीदल नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको एमाले अध्यक्ष ओलीले बताए ।