१४ वर्षपछि अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकपको उपाधि

काठमाडौँ - भारतलाई हराउँदै अष्ट्रेलियाले यू १९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले १४ वर्षपछि यू १९ विश्वकपको उपाधि जितेको हो ।

आइतबार फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले चौथोपटक उपाधि उचालेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा अष्ट्रेलियाले उपाधि जितेको थियो ।

यसअघि सन् २०१२ र २०१८ मा अष्ट्रेलियालाई हराउँदै दुवै पटक भारतले उपाधि उचालेको थियो । पाँच पटक उपाधि जितेको भारत यसपटक फाइनलमा पराजित भयो ।